
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार बिहान डाकेको सर्वदलीय बैठक अनिश्चित बनेको छ ।
बिहान ९ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने भनिएको बैठक थप गृहकार्यपछि मात्रै बस्ने सत्तारुढ दलका नेताहरुले बताउनुभएको छ ।

बैठक निर्वाचन आयोगले स्थानीय तहको मिति घोषणा गर्न दिएको सिफारिसबारे केन्द्रित रहने बताइएको थियो ।
सत्ता गठबन्धनका घटक माओवादी केन्द्र र एकीकृत समाजवादी संघको निवार्चनपछि मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताइरहेका बेला प्रधानमन्त्रीले छलफल सुरु गर्नुभएको छ।
स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाली आगामी जेठमा सकिँदैछ ।