काठमाडौं । नेपालमा कोभिड १९ परीक्षण गरेका आधा जसोमा संक्रमण भएको छ ।

२४ घण्टामा देशभर २० हजार १ सय ८७ जनामा गरिएको परीक्षणमा १० हजार २ सय ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ७०८ जना निको भएर घर फर्किएका छन् । २४ घण्टा १६ जनाको मृत्यु भएको छ । तेस्रो लहरपछि २४ घण्टामा सबैभन्दा बढीको मृत्यु भएको हो ।

नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।

यस्तै, देशभरका १५ जिल्ला कोरोना सङ्क्रमणको रेड जोनभित्र रहेका छन् । हाल काठमाडौँ उपत्यकासँगै मोरङ, सुनसरी, झापा, धनुषा, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली जिल्ला खतराको सङ्केतभित्र परेका छन् ।

सरकारले ५ सय भन्दा बढी संक्रमित भएका क्षेत्र तथा जिल्लालाई रेड जोनका रुपमा तोक्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय