एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एलाभेसलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाले बल पोसेस आफ्नो पक्षमा राखेपनि गोल गर्नको लागि खेलेको अन्तिम समय कुर्न परेको थियो । उसको डि जोङले खेलको अन्त्यतिर गरेको गोल नै निर्णयक गोल बन्यो । उनले खेलको ८७औँ मिनेटमा गोल गरेको थिए ।

यो जितसँगै बार्सिलोना अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ । बार्सिलोनाले २१ खेलबाट २५ अंक जोडेको छ । रियल म्याड्रिड ५० अंकसहित शीर्षस्थानमा रहेको छ । पराजित एलाभेस १७ अंकसिहत १९औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय