
काठमाडौं । रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले सोमवार नेपाली सेनाको मुख्यालय जंगा अड्डाको भ्रमण गरेका छन् । रक्षा सचिवमा नवनियुक्त शर्मालाई सेनाले जंगीअड्डामा स्वागत गरेको हो ।
जंगी अड्डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति,सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयहरुमा जानकारी गराइएको थियो ।

कार्यक्रमपूर्व सचिव शर्माले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट समेत गरेका थिए ।