
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार बैंकले ६ महिनामा एक अर्ब ९१ करोड ९५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९.७६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ७४ करोड ८८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.६८ प्रतिशतले बढेर ४ अर्ब ५२ करोड ३२ लाख रूपैयाँ पुगे पनि नेट फि तथा कमिसन आम्दानी भने २९.२२ प्रतिशतले घटेको छ । यस्तै, बैंकको सञ्चालन मुनाफा २.९८ प्रतिशतले बढेर २ अर्ब ४८ करोड ७५ लाख रूपैयाँ पुगेको छ ।
बैंकले २ खर्ब ४२ अर्ब ५६ करोड रूपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब ४३ करोड रूपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप संकलन ८.०६ प्रतिशतले घट्दा कर्जा लगानी भने ९.८७ प्रतिशतले बढेको छ ।
चुक्ता पुँजी १३ अर्ब ९४ करोड रूपैयाँ रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ४८ करोड रूपैयाँ सञ्चित छ । बैंकको प्रतिसेयर आम्दानी २७.५४ रूपैयाँबाट बढेर ३८.८४ रूपैयाँ पुगेको छ ।