भक्तपुर । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी सवार गाडीमा अज्ञात समूहले आक्रमण गरेको छ ।

निवासबाट सानोठिमीस्थित कार्यालय आउँदै गर्दा काठमाडौँको काँडाघारीमा अज्ञात समूहले ढुङ्गा प्रहार गरी आक्रमण गरेको आयोगले विज्ञप्ति जारी गरी जनाएको छ ।

आक्रमणबाट गाडीको पछाडिको भागको सिसा फुटेको आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेले बताउनुभयो । उपाध्यक्ष गिरीको अवस्था भने सामान्य रहेको छ । उक्त आक्रमणको घटनाप्रति चिकित्सा शिक्षा आयोगले विज्ञप्ति जारी गरेर घोर भर्त्सना गर्दै संलग्नमाथि कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय