
वीरगञ्ज । चण्डी प्रसाद गण श्रीपुर वीर गन्जमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
वीरगन्जको किरण आँखा अस्पताल तथा एलाईड यूथ सोसाइटीको सहजीकरणमा भएको आँखा शिविरमा १७० सैनिकहरूको आँखा परिक्षण गरिएको डाक्टर अमर क्यालले जानकारी दिनुभयो ।

गणका प्रमुख सेनानी तथा गणपति मनोज कार्कीको नेतृत्वमा भएको उक्त आँखा शिविरमा आँखा अस्पतालले निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।शिविरमा आँखा अस्पताल तथा एलाईड यूथ सोसाइटीका सदस्यहरूले प्राविधिक सहयोग गरेका थिए ।