
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले विदेशी सहायताको क्षेत्रमा मुलुकले र नेतृत्वले राष्ट्रिय हित अनुकुल छ वा छैन भन्ने कुराको सुक्ष्म विश्लेषण गर्न आवश्यक रहेको बताएका छन् । उनले एमसीसी संसदमा पठाएर मात्रै पास हुने भएकोले त्यस बारेमा राष्ट्रको हितअनुसार काम अघि बढाउनु पर्ने बताएका छन् ।
‘चाहे परराष्ट्रनीतिमा होस्, विशेष गरी विदेशी सहायताको क्षेत्रमा मुलुकले, नेतृत्वले कदम चाल्दा, के गर्नुपर्छ भन्ने, कुनै चिज प्राप्त हुन गयो मुलुकलाई भने त्यो राष्ट्रिय हीत अनुकुल छ कि छैन भनेर त्यसको सुक्ष्म विश्लेषण हुनुपर्छ । एमसीसीलाई पनि हामीले हेर्दा, जुनै कुरालाई पनि चाहे चीनले दिएको होस्, चाहे हिन्दुस्थानले दिएको होस्, चाहे अमेरिकाले दिएको होस्, त्यो दिएको चिज राष्ट्रिय हीत अनुकुल छ कि छैन, हीतमा पार्ने कसरी भनेर जाँचेर गर्नुपर्छ । संसदमा नपठाइ किन पास नै हुँदैन अहिलेको व्यवस्था अनुसार । एमसीसीको प्रवन्ध अनुसार संसदले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । त्यसैले सरकारले आफूले पेश गर्दा यो कसरी राष्ट्रिय हित अनुकुल हुन्छ भनेर पेश गर्नुपर्छ । संसदले त्यसलाई चिरफार गरेर, विश्लेषण गरेर त्यो हो कि होइन भनेर जाँच्नुपर्छ’ उनले भने । उनले एमसीसीलाई संसदले गम्भीर अध्ययन गरेर अघि बढ्न सके देशको हित हुने बताएका छन् ।
