
काठमाडौँ । भारतकी चर्चित गायिका लता मंगेशकरको ९२ बर्षको उमेरमा निधन भएको छ ।
थुप्रै नेपाली गीतमा पनि स्वर दिनु भएकी लता मङ्गेसकरकाे मुम्बइमा निधन भएकाे हो ।

उहाँलाई गत जनवरीका सुरुमा कोरोना संक्रमण भएपछि मुम्बइको सिटी अस्पातालमा भर्ना गरिएको थियो । कोरोना संक्रमणपछि उहाँमा निमोनियाँ भएको चिकित्सकहरुले बताएका थिए । जनवरी २८ तारिकमा उहाँलाई भेन्टिलेटरमा राखिएको भए पनि उहाँको स्वास्थ्य अबस्था कम्जोर बन्दै गएको थियो ।