काठमाडाैं । सिटिजन्स बैंकले डिजिटल बैंकिङको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै आफ्नै नयाँ सिटिजन्स सपोर्ट सेन्टर (कल सेन्टर) सेवा सञ्चालनमा ल्याएको छ । अब यस बैंकका ग्राहकहरूले ग्राहक सेवा प्रतिनिधिहरूसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरूको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकहरूले ०१–५९७००६८ मा फोन गरेर तथा support@ctznbank.com मा इमेल गरी कल सेन्टरको सुविधा प्राप्त गर्न गर्नेछन् ।

कल सेन्टरको प्रयोगले ग्राहकहरूलाई सहज ढंगले बैंकिङ सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्ने बैंकको भनाइ छ । हालका लागि यो सेवा आठ घण्टाको लागि आरम्भ गरिएको छ । क्रमशस् सेवाको समयावधि पनि थप्दै लगिने योजना रहेको बैंकले ज नाएको छ । देशभर रहेका १३ लाखभन्दा बढी ग्राहकहरूलाई यो सेवाको आरम्भ भएसँगै बैंकसँग थप नजिक हुन सहज हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंकले नगदरहित बंैकिङ, व्यक्तिको उपस्थित बिनाको बैकिङ प्रणालीको स्वः सञ्चालनतर्फ अफूलाई अग्रगामी बनाउँदै लगेको प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।

‘सिटिजन्स बैंकले डिजिटल बैंकिङमा अत्यधिक प्रयोग बढाउँदै लगेको छ । प्रविधिमैत्री र नयाँ पुस्ता बैंकिङमा सिटिजन्सले आगामी दिनमा अत्यधिक प्राथमिकतामा राखी सञ्चालन लागत घटाउन र ग्राहकमैत्री सहजता दिनेछ,’ उनले भने । साथै उनले बैंकले आगामी दुई बर्ष भित्रको डिजिटल बैकिङसम्बन्धी मार्गचित्र समेत बनाएर अघि बढेको जानकारी दिए । बैंकले देशभर आफ्ना १७४ वटा शाखा, १२३ एटीएम र ९० वटा शाखारहित बैंकिङ इकाइहरूबाट करीब १३ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय