
काठमाडौं । नेपाली सेनाले भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनलाई लक्षित गरी चैत ९ गतेदेखि दिपायल, धनगढी, सुर्खेत र नेपालगञ्जमा भूतपूर्व सैनिक सम्मेलन गर्ने भएको छ ।
नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा आयोजना हुन लागेको चौथो चरणको सम्मेलन यही चैत्र ९, १०, २० र २१ गते क्रमशः दिपायलस्थित बाहिनी अड्डा, धनगढीस्थित भवानी दल गण, सुर्खेतस्थित पश्चिम कमाण्ड र नेपालगञ्जस्थित बाहिनी अड्डामा सञ्चालन हुनेछ । पछिल्लो समय प्रत्येक प्रधानसेनापतिले आफनो कार्यकालमा प्रदेशगत रूपमा कम्तिमा एक भूपू सैनिक सम्मेलन गर्ने अभ्यास हुँदै आएको छ ।

सम्मेलनमा डडेल्धुरा, बाजुरा, बैतडी, अछाम, बझाङ, दार्चुला, डोटी, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला, बाँके र बर्दिया जिल्लामा बसोबास र निवृत्तिभरण बुझिरहेका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्ति सहभागी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
विभिन्न कामको सिलसिलामा अन्यत्र जिल्लामा रहेका व्यक्तिले नजिकको हिताधिकारी कल्याण केन्द्र र काठमाडौँ उपत्यकाको हकमा महाराजगञ्जस्थित कल्याणकारी बोर्डमा नाम दर्ता गराउन सक्नेछन् । बोर्डले सम्मेलनमा सहभागीलाई अशक्त आश्रितलाई ह्वील चियर, बैसाखी तथा अरुलाई दैनिक तथा भ्रमण भत्तालगायतका सुविधा प्रदान गर्नेछ ।
सम्मेलनमा सहभागी हुनका लागि भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिहरुले पेन्सन पट्टा तथा सोको प्रतिलिपि र पासपोर्ट साईजको फोटो २ प्रति २४ माघ देखि ३० फाल्गुन ३० सम्म आफुले पेन्सन प्राप्त गरिरहेको जिल्लामा तैनाथ नेपाली सेनाको युनिटमा गई नाम दर्ता गराउन पर्नेछ ।
कामको सिलसिलामा अन्यत्र जिल्लामा रहेका व्यक्तिहरुले नजिकको हिताधिकारी कल्याण केन्द्र र काठमाण्डौं उपत्यकाको हकमा महाराजगन्जस्थित नेपाली सेना कल्याणकारी बोर्डमा नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ ।
उक्त भूतपूर्व सैनिक सम्मेलन(२०७८ू मा सहभागीहरुलाई दैनिक तथा भ्रमण भत्ताको व्यवस्था गरिएको सेनाले जनाएको छ । यस्तै सहभागीहरुलाई फटिग क्याप÷सल, ट्रयाकसुट/स्वीटर र फस्ट एड किट वितरण गरिने छ ।
बहालवाला तथा भूपू सैनिकका अशक्त आश्रितहरुलाई व्हिल चियर तथा वैसाखी वितरण गरिने छ । विभिन्न कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण गरिने छ । सर्वोत्कृष्ट र उत्कृष्ट लघु उद्यम व्यवसायीहरुलाई पुरस्कार वितरण गरिने छ । जेष्ठ भूपू सैनिक तथा जेष्ठ एकल महिलालाई सम्मान गरिने छ ।
आफ्ना ४ जना वा सो भन्दा बढी सन्तानहरुलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गरेको योगदानको कदर स्वरुप जीवित आमा–बाबु मध्ये एकजनालाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गरिने छ । बिरामीहरुलाई विशेषज्ञ डाद्वारा सबै रोगको उपचार लगायतका स्वास्थ्य उपचार सुविधा प्रदान गरिनुका साथै कोभिड खोप नलगाएकाहरुको हकमा खोप को ब्यवस्था गरिने सेनाले जनाएको छ ।
यस्तै आँखा चेकजाँच गरी आवश्यकता अनुसार निःशुल्क चस्मा वितरण समेत गरिनेछ । सो सुविधाहरु प्राप्त गर्नको लागी सम्बन्धितले अनिवार्य रुपमा उपचार पुस्तिका लिएर आउनु पर्नेछ ।
साथै, सम्मेलन सम्बन्धमा थप जानकारीको लागि टेलिफोन नं। ०१४४१२४०७, ०१४४११०३१, ०१४४१२१६५, ०८३४१४०२३ र ०८३४१४०४५ मा सम्पर्क गर्न सकिने सेनाले जनाएको छ ।