काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको प्रवक्तामा डा.प्रकाश शरण महत नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री एवं काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आज महतलाई पार्टीको नयाँ प्रवक्ता नियुक्त गर्नुभएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

काँग्रेस पूर्व सह–महामन्त्री महत हालै सम्पन्न काँग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित हुनुभएको थियो ।

यसअघि नेपाली काँग्रेसको प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएका विश्वप्रकाश शर्मा काँग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्री बन्नुभए पछि प्रवक्ताको पद खाली रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय