क्यानडाको राजधानी ओटावामा ट्रक चालकको आन्दोलन चर्किँदै गएपछि आपतकाल घोषणा गरिएको छ । ओटावाका मेयर जिम वाट्सनले कोभिड प्रतिबन्धनका बाबजुद भइरहेको आन्दोलन नियन्त्रणबाहिर जान थालेपछि बाध्य भएर आपतकाल घोषणा गर्नु परेको बताएका छन् । उनले विरोध प्रदर्शनले ओटावा र ओटावाबासीको सुरक्षामा खतरा उत्पन्न गराएको उल्लेख गरेका छन् ।

वाट्सनले ट्रक चालकहरुले ध्वनी प्रदूषण हुने गरी ठूलो आवाजमा हर्न तथा साइरन बजाएको र आन्दोलनलाई मेलामा परिणत गरेर असंवेदनशील व्यवहार गरेको आरोप लगाएका छन् । चालकहरुले ट्रक तेस्र्याएर सडक अवरुद्ध पारेका छन् । उनीहरुले कोरोनाविरुद्धको खोप अनिवार्य गर्ने सरकारी नीतिविरुद्ध नाराबाजीसमेत गरेका छन् । आपतकाल घोषणापछि प्रहरीले आन्दोलनकारीलाई सहर छोड्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय