काठमाडौँ । निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली सङ्कलन आजबाट स्थगित गरेको छ ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन मिति घोषणा गरेपछि आयोगले मतदाता नामावली सङ्कलन स्थगित गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाकारी दिनुभयो ।

आयोगले ७७ जिल्ला प्रशासन कार्यालय, ७७ जिल्ला निर्वाचन कार्यालय र ७३ वटै इलाका प्रशासन कार्यालयबाट नामावली सङ्कलन गरेको थियो ।

सोमबारसम्म सङ्कलन भएको मतदाता नामावली अद्यावधिक गरी अन्तिम रूप दिइने आयोगका प्रवक्ता पौडेलले जनाकारी दिनुभयो ।

गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १ करोड ५४ लाख मतदाता रहेकोमा २०७७ पुसमा मतदाताको सङ्ख्या १ करोड ६२ लाख ४३ हजार १ सय १० रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय