काठमाडौं । द्वन्द्वपीडित तथा नागरिक अभियन्ताहरूले व्यक्ति हत्याका अभियुक्त सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउन अपील गरेका छन् ।

मंगलबार पूर्णीमाया लामा, इन्द्र प्रसाद अर्याल, कनकमणि दीक्षित, केदार नर्सिगं केसी, बद्री प्रसाद भुषाल, भागिराम चौधरी, महामुनिश्वर आचार्य, मैना कार्की, राजन कुइकेल, सावित्री श्रेष्ठ, सुमन अधिकारी, सूर्य बहादुर अधिकारी, सुशील प्याकुरेल र यज्ञराज थापाले सामूहिक विज्ञप्ती निकालेर व्यक्ति हत्याका अभियुक्त सापकोटा राज्यको नजरमा फरार रहेको भन्दै उनलाई पदबाट हटाउन र पक्राउ गरी कानूनी दायरमा ल्याउन अपील गरेका हुन् ।

सभामुख सापकोटामाथि सशस्त्र युद्धकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । सोही अवस्थामा सापकोटालाई सभामुख बनाइएको भन्दै अर्जुन लामाकी पत्नी पुर्णिमाया लामा, द्वन्द्वपीडित सावित्री श्रेष्ठ, नागरिक अगुवा कनकमणी दीक्षित लगायतका १४ जना अभियन्ताहरुले विज्ञप्ती जारी गरेका हुन् ।

सापकोटा प्रतिनिधिसभाको सभामुख रहन अयोग्य रहेको भन्दै उनीहरुले भनेका छन्, ‘प्रतिनिधि सभामा छलफल गराउनुपर्ने आवश्यकता बोध भई नेपाल सरकारद्वारा पेश गरिने कुनैपनि विधेयकलाई सदनमा लैजान सहजीकरण गर्नु सभामुखको कानुनी दायित्व हो । सदनमा निष्पक्ष र निर्विवाद भूमिका रहनुपर्ने मान्यताका आधारमा सभामुख निर्वाचित भएकै क्षणदेखि निजको दलीय आबद्धता समाप्त हुन जान्छ ।’

त्यस्तै उनीहरुले प्रतिनिधि सभाको सभामुख पदमा नियुक्त भएदेखि नै सापकोटाले संविधान र कानूनका व्यवस्था भन्दा बाहिरबाट कार्यकारी अधिकारको अभ्यास गर्न खोजेका धेरै उदाहरण रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय