काठमाडौं । अमेरिकी सहयोग परियोजना ‘एमसीसी’विरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ ।

सत्तारुढ दल राष्ट्रिय जनमोर्चासहित नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायत ८ वटा राजनीतिक संगठनले संयुक्त रुपमा बुधबार एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् ।

माइतीघर मण्डलामा जम्मा भई बानेश्वरस्थित संसद भवन अगाडि पुगेर उनीहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय