काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिम खेल १४ फागुनमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार लिगमा बाँकी रहेको चार चरण खेल सार्वजनिक गरेको हो । दशरथ रंगशालामा लिगको अन्तिम खेल नै १४ फागुनमा हुने एन्फाले जनाएको छ । घरेलु खेलाडीले मोरिससविरुद्धको मैत्रीपूर्ण तथा पोखरा गोल्डकपमा सहभागिता जनाउनुपर्ने भएकाले लिग रोकिएको थियो ।

लगभग दुई साताका लागि रोकेको लिग शुक्रबारदेखि सुरु हुनेछ । एन्फाले दशरथ रंगशाला र सातदोबोटोस्थिति एन्फा कम्प्लेक्समा लिग हुने जनाएको छ । एन्फाका अनुसार ३ देखि ७ फागुनसम्म १२औँ चरण खेल हुनेछ । लिगको अन्तिम चरणको खेल १२, १३ र १४ फागुनसम्म चल्नेछ । नवौँ चरणमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच खेल हुन बाँकी छ । च्यासलका अधिकांश खेलाडी संक्रमित भएपछि पुलिसविरुद्धको खेल रोकेको थियो । नवौँ चरणसम्म साविक विजेता मच्छिन्द्र फुटबल क्लब २३ अंकका साथ शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय