काठमाडौ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच वुधवार भेटवार्ता भएको छ ।

पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो निर्देशनालयले जानकारी दिएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय