काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ। शुक्रबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ३ वटा जिल्लाका प्रहरी प्रमुख समेत परिवर्तन गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत ईश्वर कार्कीलाई कार्य विभागमा सरुवा गर्दै बर्दियाको जिम्मा अख्तियारमा कार्यरत बिरेन्द्र शाहीलाई दिइएको छ।
चितवनमा कार्यरत ओम अधिकारीलाई अख्तियारमा सरुवा गरिएको छ। चितवनमा नवराज अधिकारीलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस्तै, महोत्तरीबाट दिनेश आचार्यलाई अपराध महाशाखामा ल्याइएको छ भने महाशाखामा कार्यरत कृष्ण पंगेनीले महोत्तरी प्रहरी प्रमुखको जिम्मा पाएका छन्।

दुई जिल्लाका सिडिओ फेरिए

दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) फेरिएका छन् । गृह मन्त्रालयले सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

जसअनुसार सोलुखुम्बुका प्रजिअ गणेश विक्रम शाहीलाई फिर्ता गर्दै उनको ठाउँमा अनिल खनाललाई पठाइएको छ भने सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेललाई ताप्लेजुङमा पठाइएको छ । यससँगै ताप्लेजुङका प्रजिअ उमेश पाण्डे दमक इलाका प्रशासन र सोलुखुम्बुका प्रजिअ शाहीलाई धनुषा जिल्ला प्रशासनमा सरुवा गरिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय