काठमाडौं । चिठी लेखेर बेपत्ता भएका ‘ग्रिनलाइन’का संचालक ३५ दिनपछि नेपाल फर्किएका छन् । विभिन्न बैङकबाट लिएको ऋण तिर्न नसकेपछि चिठि लेखेर बेपता भएका अग्रवाल परिवार एक महिनापछि सम्पर्कमा आएका हुन् । काठमाडौँका कुलिन बर्गलाई विदेशी मदिराको स्वाद दिँदै आएका ग्रीनलाइन सेन्टरका सञ्चालक दाजुभाई अभिषेक अग्रवाल र अमित अग्रवालसहित ९ जनाको परिवार फरार भएको थियो ।

नेपाल आएसँगै ‘ग्रिनलाइन’का संचालक अमित अग्रवालले ग्यालेक्सी फोर के टेलिभिजनमा रविलामिछाने लाई अन्तरवार्ता दिएका छन् । उनले आँफुहरुको
कोभिडका कारण व्यपार खस्किएको र बैङकले लगातार कर्जा तिन ताकेता गरेपछि मानसिक रुपमा विक्षिप्त भएर त्यस्तो निर्णयमा पुगेको बताएका छन् ।
अन्तरवार्तामा कार्यक्रममा प्रस्तोता लामिछानेले तपाईहरुले सशस्त्र प्रहरीको उच्च ओहोदाको व्यक्तिको मिटर व्याजमा पैसा लिएको र बैङकको भन्दा पनि उक्त व्यक्तिले दबाव दिएकाले भाग्नु भएको भन्ने छनी भन्ने प्रश्नमा संचालक अग्रवालले सो कुरा अस्विकार गरेका छन् । उनले आफुहरुले मिटर व्याजमा पैसा नलिएको र बैंकको कर्जाकै कारण यस्तो परिस्थिती सिर्जना भएको उल्लेख गरेका छन् । उनले परिवार मानसिक तनावका कारण डिप्रेशनमा गएको र यस्तो निर्णय गरेको बताएका छन् । अग्रवाल थप्छन् अब नेपाल फर्किएको छौ हाम्रो सम्पति छ सबैको ऋण तिर्छौ