काठमाडौं । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपाल युएईसँग २५ रनले पराजित भएको छ । १ सय ९३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रनमा समेटिँदा नेपाल युएईसँग पराजित भएको हो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४१, आशिफ शेखले ३४, लोकेश बलमे ३३, ज्ञानेन्द्र मल्लले २२ तथा आरिफ शेखले ११ रन जोड्दा शरद भेषावकर १० रनमा अविजित रहे ।युएईका खासिफ दाउद र रोहन मुस्तफाले समान दुई–दुई विकेट लिँदा जुनैद सिद्धिकीले एक विकेट लिए ।त्यसअघि ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोडेको थियो ।

युएईका लागि चिराज सुरीले अविजित ८४ रनको योगदान गरे । रोहन मुस्तफाले ४९, मोहम्मद वसिमले २२, बसिल हमिसले १७ तथा मोहमम्द बुटाले अविजित १४ रन जोडे । नेपालका लागि कप्तान सन्दीप लामिछाने, शाहब आलम र आरिफ शेखले एक–एक विकेट हात पारे । यसअघि शुक्रबार भएको सिरिजको पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो । नेपालले अब सोमबार हुने सिरिजको अन्तिम खेलमा आयरल्याण्डको सामना गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय