
काठमाडौं । फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । यो अफर सोमबारसम्म उपलब्ध हुनेछ । अफरअन्तर्गत ४९ रुपैयाँमा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बो अफर’ उपलब्ध हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी कम्पनीले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटिई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा सोमबारसम्म कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ । सोही अवसरमा सोमबार एमपोसबाट गरिने दुई सयदेखि चार सय ९९ रुपैयाँसम्मको रिचार्जमा पाँच सय १२ एमबी डाटा र पाँच सय वा सोभन्दा माथिको रिचार्जमा एक हजार २४ एमबी डाटा बोनसका रूपमा उपलब्ध हुने कम्पनीका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभएको छ ।
