
मीना सुवेदी,राप्रपा
राजनीतिक पार्टीहरु मध्यको राप्रपामा आएको तरङ्ग र बिचलनप्रति सम्पुर्णको ध्यान केन्द्रित भएको छ । मङ्सिरमा भएको राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष का उम्मेदवारहरु बर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन र पुर्ब अध्यक्ष कमल थापा हुनु भएको थियो भने अध्यक्ष, पधाधिकारी लगाएत केन्द्रीय सदस्यहरु ७५% को निर्बाचन भएको थियो । महाधिवेशनमा धेरैजनाले उम्मेदवारी दिएता पनि सबैको जीत हुने होइन र हार पनि हुन्छ । धेरै बर्ष देखि पशुपतिशमशेर राणा,डा. प्रकाशचन्द्र लोहनी र कमल थापा अध्यक्ष भएर पार्टी हाकी रहनु भएको थियो भने बेला बखतमा बिबिध कारणबस पार्टी बिभाजन भएको थियो जस्काकारण पार्टी कम्जोर र नतिजा पनि संतोषजनक थियन ।
वैदिक सनातन हिन्दु रास्ट्र सहितको राजसस्था पुनर्स्थापना र संघीयता खारेज गर्ने जस्ता पार्टीको मुल एजेन्डा हुदाहुदै पनि नेतृत्वहरुको खिचातानी र बैमनश्यताका कारण पार्टी राष्ट्रिय पार्टी पनि हुन सकेन र राप्रपाको राजनीतिक मुद्दा पनि स्थापित गर्न सकेनन । यो अबस्थालाइ मध्यनजर राखेर राप्रपा एकीकरण भयो र पार्टीको महाधिवेशनको तयारी भएको अबस्थामा अग्रज दुई अध्यक्षलाई साथ सहयोग नगरी फेरि पनि तात्कालिन राप्रपाको अध्यक्ष कमल थापा नै उम्मेदवार बन्ने भएपछि तात्कालिन अध्यक्षद्वय महाधिवेशनमा अध्यक्षमा नउठ्ने भएको हुदा बर्तमान अध्यक्ष राजेन्द्र लिङदेन र पुर्ब अध्यक्षमा उम्मेदवारी दिनुभयो ।

परिणाम यस्तो आयो कि देश,जनता र राप्रपाको आबश्यकता महशुसगरि दोस्रो र नयाँ पुस्ताप्रति सम्पुर्ण कार्यकर्ताको ध्यान केन्द्रित हुन पुग्यो । किनकी कार्यकर्ता परिबर्तन चाहन्थे र आफ्नो मुद्दा स्थापित गर्न चाहन्थे,जस्का कारण कार्यकर्ताले नेतृत्व परिबर्तन गर्न चाहे । यसै क्रममा उठेका दुई अध्यक्ष मध्य कमल थापा पराजित हुनु भयो र दोस्रो पुस्ताका युबा नेता माननीय राजेन्द्र लिङदेनलाइ कार्यकर्ताले अध्यक्षमा जिताएको हुन् ।
तर कमल थापाजीले आफ्नो स्वभाबिक हारलाइ सहजै स्विकार्न सक्नु भएन किनकी उहामा दम्भ र घमण्ड थियो । आफू नै आजीबन अध्यक्ष हुनु पर्ने र जित्नु पर्ने अहमता थियो राप्रपाको अबस्था कस्तो थियो तर आज कस्तो भयो भन्ने कुराको परिणाम आन्कलन गर्न सक्नु भएन र आफू नै सधै नेतृत्वमा बस्ने लोभ र आशक्तिलाइ निर्बाचनको परिणामले स्पष्ट पार्दियो । आजीबन एकै ब्यक्ती नेतृत्वमा बस्ने प्रबृतिले राजनीतिप्रति नै सबैको बितृष्णा भएको हो भने उहाको पराजय एक कालखण्डको अन्त्य पनि हो किनकी उहाले यो महाधिवेशनमा अध्यक्षमा होमिन नै नहुने थियो ।
राजनितिका चतुर खेलाडी कमल थापा,पञ्चायती ब्य्वस्थामा पनि रजगज गरेका र जनआन्दोलनताका पनि गृहमन्त्री बनेका र गणतन्त्र आएपछि पनि गणतन्त्रबादीसङ्ग साठगाठ र गठबन्धन गर्दै दश पटक मन्त्री र उपप्रधानमन्त्री बनेका हुन भने संविधान जारी गर्दा पार्टीको पहिचान र अडानलाइ पुरै छाडिदिएका हुन् । उहाको ढुल्मुले निति र पदको लागि जोसित पनि सिद्धान्तहिन गठबन्धन गरेकोले नै पार्टी ३७ सिटबाट १ सिटमा झर्न पुग्यो । यसकारण पनि यसपाली कार्यक्रताले राजेन्द्र लिङदेनलाइ साथदिए र नेतृत्व परिबर्तन गरेका हुन् ।
राप्रपालाई नयाँ पहिचान र नयाँ अनुहारद्वारा कार्यक्रताले अघि बढाउन चाहेकोले पनि नेतृत्व परिबर्तन गरिएको हो । जुन कुरा राप्रपाको लागि मात्र नभएर अन्य पार्टी र जनतामा सकारात्मक सन्देश बन्न सकेको छ ।
पुर्ब अध्यक्ष कमल थापाले गर्नु भएको अस्थिर राजनितिक चरित्रका कारण पनि पदको लागि जे पनि गर्ने र बोल्न पछि नपर्ने प्रबृत्तिका भएको र उहाँप्रति भएको जनबिश्वासलाइ सदाको निम्ति गिराउन पुगिएको छ ।
हाम्रो हिन्दु धर्म र सस्कारमा गीता ग्रन्थको ठूलो महत्त्व र विशेषता छ। गीता ग्रन्थको कृया खानु भनेको आफू मरेर गएपनि कसम भने नतोड्ने बाचा हो । राप्रपा र राप्रपा सयुक्तको एकता घोषणा सभामा,पार्टी नफुटाउने र वैदिक सनातन हिन्दु रास्ट्र सहितको राजसस्था पुनर्स्थापना गर्छौं भनेका थापाले गीताको कसम नै तोडेर धर्म कै बदनाम गर्ने कार्य गर्न पुग्नु भयो । यसर्थ राप्रपा छोडेर गीताको कसम तोड्ने ब्यक्त्तिलाइ नेपाली जनताले अब,कसरी र कहिलेसम्म बिश्वास र भरोसा गर्ने भन्ने सोचनिय बिषय छ ।