काठमाडौं । विश्व नेपालीको आवाजमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नेपालीको आवाजमा सजिएको ‘म तयार छु’ को भिडियो सार्वजनिक भएको हो ।

आनन्द अधिकारीको शब्द, आनन्द राईको संगीतमा तयारमा भएको गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका छन् । यस गीतको भिडियोमा विष्णु नेपाल र साक्षी लम्सालले अभिनय गरेका छन् । मोडल साक्षी लम्साल पछिल्लो समय एकपछि अर्को म्युजिक भिडियोमा व्यस्त रहेकी छन् ।
भावना राईको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने विकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई आनन्द अधिकारीले निर्देशन गरेका हुन् ।