
मानिसको शरीरले नै धान्न नसकिने काम अनि त्यसको वेग धेरै हुनाले केही गर्न मन नलाग्ने, चिन्ता बढि देखिने विकारलाई एडीएचडी भनिने गरिन्छ । दैनिक चालढाल बद्लिने र समझदारी उल्टो पर्ने क्षण दोहोरिने कारण एडीएचडी अर्थात एटेन्सन डेफिसिट÷हाइपरएक्टीभिटी डिसअडर हुने बताइन्छ ।
लक्षणहरु
१) जहिले स–साना कुरामा अल्झन भइराख्ने विद्यालयमा पढ्ने बेलामा ध्यान दिन नसकिने
२) कुराकानी गर्ने बेला वा धेरै पढ्दा गाह्रो हुने, ठीक कुराको अध्यापन गराउने बेला असहज हुने
३) जाहिँकतै बोलेको सुन्न गाह्रो हुने
४) पढ्दा वा काम गर्दा आफू भन्दा ठूलाले दिएका सुझाव परिपालना नगर्ने
५) कामको संयोजन गर्ने ताका सधैं गलत, बेढंगको संयोजन र ठीक समयमा नसकाउने
६) मानसिक दबाब पर्ने कामको श्रोत नै नलिने, रिपोर्ट नवनाउने र फारम नभर्ने ।
७) जहिले एक न एक थोक जस्तै कापि, पुस्तक, चावि, परस, फोन र चस्मा विर्सिहाल्ने
८) दैनिक काम जस्तै वयस्कले फोन उठाउन, विल भर्न र बैठक नै विसर्ने ।
९) दिउँसो सपना देख्ने बानी हुनुलाई नि एडीएचडीको संकेत मानिन्छ ।

धेरै सक्रियता र आवेग
– हिँडडुल गर्न र वस्न गाह्रो हुने
– अफ्ठयारो संकटमा दौडन र उक्लिन गाह्रो हुने
– खुट्टा तथा औंला डेग मार्ने
– कुरा गर्दा झोक्किएर र आवाज निकालेर गर्ने
– काममा अनावश्यक चुनौति अनुकुल बनाउने
वयस्क, महिला, बालबालिकामा हुने सो रोगको कारण हैरानी भोगिरहका विरामीहरु धेरै नै हुने गर्दछन । काममा धेरै प्रबलता देखाउनु आर्थिक फाइदामन्द भएता पनि एक स्वास्थ्य कमजोरी मानिन्छ ।
कम सुन्नु वा दृश्य अवलोकन नहुनु, तनाव हुनु, अविसाद, केही कुरो सिक्न असक्षम हुनु र निन्द्रामा खराबी हुनु यो रोगको उपस्थिती हो भनि जनाइन्छ ।
समीर न्यौपाने, एजेन्सीको सहयोगमा