काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने कार्यक्रम छ । संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने छ ।

संसदको अधिवेशन चालु भएदेखि नै प्रमुख प्रतिपक्षी दलले अवरुद्ध गर्दै आएको संसदको बैठक संचालन गर्न विभिन्न प्रयासहरु गरिएपनि हालसम्म सहमति हुन सकेको छैन ।

सहमति नभएकै कारण बैठक पटक पटक सूचना टाँस गरी सारिंदै आएको छ ।

आज बस्ने बैठकमा राजनीतिक वृत्तमा सर्वाधिक चासो बनेको अमेरिकी सहयोग परियोजना टेबुल हुने चर्चा छ । तर संसद सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा भने सो प्रस्ताव हालसम्म परेको छैन ।

आजको बैठकमा प्रधानमन्त्री शेरवहादुर देउवाले थारु आयोगको बार्षिक प्रतिवेदन पेश गर्नुहुने लगायतका कार्यसूची मात्र संसद सचिवालयले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय