काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा भएको वडा अधिवेशन विवादमा आएको छ । रामचन्द्र पौडेल समूह डडेल्धुरामा पुनः चुनाव हुनुपर्ने माग गरेको छ । यसै क्रममा पौडेल समूह सानेपा पुगेको छ ।
काँग्रेसको निर्वाचन समितिलाई यसबारे ध्यानाकर्षण गराउन पौडेल महामन्त्री शशांक कोइरालालगायतका नेतासहित सानेपा पुगेका हुन् । सो क्रममा महादेवप्रसाद यादव नेतृत्वको निर्वाचन समितिले डडेलधुरामा पुनः चुनाव सम्भव नभएको जवाफ दिएको जनाइएको छ । निर्वाचन समितिले निष्पक्षतामा कडाइ गर्ने बताएको छ । नेताहरुले अब बाँकी रहेका जिल्लामा निष्पक्षता कायम गर्न आग्रह गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय