
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक सता भित्रै मन्त्रिरिषद विस्तार हुने दावी गरेका छन् । साथै सत्ता गठबन्धनमा आफूहरुले दुई मुख्यमन्त्री र दुईजना प्रदेश प्रमुख पाउने सहमति भएको उनको कथन थियो ।
नेकपा एसको प्रचार विभाग र समाजवादी प्रेस संगठन आबद्ध नेताहरुसँगको छलफलमा अध्यक्ष नेपालले जसपाले एउटा प्रदेशको मुख्यमन्त्री र एउटा प्रदेश प्रमुख पाउने सहमति भएको उनले खुलासा गरेका छन् । नेपालले भने, ‘हामीले दुई मुख्यमन्त्री र दुई प्रदेश प्रमुख पाउने हो । प्रदेश १ र वागमतीमा हाम्रै साथीहरु मुख्यमन्त्री बन्नु हुन्छ । सरकार गठबन्धनको हुन्छ । यसमा कुनै तलमाथि छैन ।’
प्रदेश १ मा राजेन्द्र राई र वागमतीमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने नेकपा एसको तयारी छ । तर कांग्रेसले पनि वागमतीमा मुख्यमन्त्री दावी गरेको छ । अध्यक्ष नेपालले संघीय सरकारमा पनि एक साताभित्र मन्त्रिपरिषद् विस्तार भइसक्ने भन्दै आफ्नो तर्फबाट कुनै बाधा नरहेको बताएका थिए । कार्यक्रममा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, नेता विरोध खतिवडा, जीवनराम श्रेष्ठ लगायतका नेता सहभागी थिए ।
