काठमाडौंको । कालीमाटी ट्रेड सेन्टर चाँडै नै संचालनमा आउने भएको छ । सञ्चालनको तयारीमा रहेको यो ट्रेड सेन्टरको सटर अधिकांश सटर बिक्री भइसकेका छन् ।

कालीमाटी ट्रेड सेन्टर भने ३ वर्षअघि सुरु भई निर्माणसम्पन्न भएको कम्पनीले जनाएको छ। ट्रेड सेन्टरमा डेभलपर्सले सटर बिक्री गरी लालपुर्जा दिन्छन ्। उक्त सटरमा आफैँ पसल गर्न वा भाडामा समेत लगाउन सकिन्छ ।
कालीमाटी ट्रेड सेन्टरको निर्माण रोडशो रियल स्टेट प्रालिले गरेको हो । यसअघि रोडशोले न्युरोडको रञ्जना ट्रेड सेन्टर निर्माण गरेको थियो ।

त्यही मोडलमा कालीमाटी ट्रेड सेन्टर निर्माण भएको कम्पनीले जनाएको छ । रोडशोले बिल्डिङ बनाएर सटर बेच्ने जनाएको छ । हरेक सटरको छुट्टै पुर्जा हुनेछ । दशैँअघि नै ट्रेड सेन्टर सञ्चालनको तयारी गरे पनि कोभिडको कारण ढिलाइ भइरहेको कम्पनीले जनाएको छ। कम्पनीले तयारी पूरा भए दशैँ तिहारको बीचमै सञ्चालन गर्नेछ ।

कालीमाटी टे«ेड सेन्टरमा १४० वटा सटर छन ्। सेन्टरका करिब ७० प्रतिशत सटर बिक्री भइसकेका छन् । सेन्टरमा ठाउँअनुसार सटरको मूल्य फरक छ । ३ वर्षअघि ७० देखि ७५ लाखसम्म रहेकोमा अहिले त्यसको १० प्रतिशत बढ्ने डेभलपर्सले जनाएको छ ।

३ रोपनी क्षेत्रफलमा उक्त टेड सेन्टर निर्माण भएको हो । ट्रेड सेन्टर निर्माण लागत १ अर्ब ३९ करोड रुपैयाँ रहेको डेभलपर्सले उल्लेख गरेको छ । ग्राउन्ड फ्लोर, पहिलो तल्ला, दोस्रो तल्ला र तेस्रो तल्लासम्म रिटेल पसलहरु रहेका छन् । ट्रेड सेन्टरमा कस्मेटिक, फेन्सी लगायतका पसल रहनेछन् । एउटा फ्लोरमा अपार्टमेन्ट रहेको छ। टपमा दुईवटा सिनेमा हल रहनेछन् । एउटा रेस्टुरेन्ट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय