
काठमाडौ । नेकपा एमालेको विद्यार्थी संगघटन अनेरास्ववियूले नयाँ अध्यक्ष पाएको छ । पार्टीको भातृ संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् । अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी संगठनबाट विदा लिएका छन् ।
