
काठमाडौँ । हास्य कलाकार रमेश केसी ‘मट्टारे’को ६९ वर्षको उमेरमा निधन भएको छ । एउटा भिडिओको सुटिङमा अभिनय गर्न मेकअप गरिरहेकै अवस्थामा आइतबार बिहान उनको निधन भएको हो । उनी वि.सं. २००९ सालमा ललितपुरको इमाडोलमा जन्मिएका थिए ।
केसीको पार्थिव शरिर आइतबार दिउँसो १ः०० बजेदेखि २ः०० बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएको थियो । केसी लामो समयदेखि कलाकारितामा संलग्न थिए । केसीका दुई छोरा, तीन छोरी र श्रीमती छन् ।
