
काठमाडौँ । प्रतिनिधिसभाबाट (विनियोजन विधेयक २०७८) बजेट बहुमतले पारित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुद विधेयक पारित भएको हो । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गर्नका लागि लगेको प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गरेका थिए ।

केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको आर्थिक वर्ष २०७८÷०७९ को बजेटलाई वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत परिमार्जिन गरी संसदमा पेश गरेको थियो ।
सरकारले समयमै संसदबाट बजेट पारित गराउन नसक्दा मुलुकमा बजेट होलिडेको अवस्था समेत आएको थियो ।
आफ्नो पार्टी विभाजनमा सभामुख सापकोटाको संलग्नता रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने लगातार वेल घेरेर नाराबाजी गरिरहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको नाराबाजीबीच आर्थिक विधेयक स्वीकृत भए पनि संघीय संसद कार्यसञ्चालन नियमावली अनुसार ७२ घण्टापछि मात्र विधेयक परिपक्क्व हुने भएकाले अर्थिक विधेयकमाथिको दफाबार छलफल भने आगामी बिहीबारबाट मात्र शुरु हुनेछ ।