
काठमाडौैं । वरिष्ठ स्त्रीरोग तथा प्रशूति विशेषज्ञ डा भोला रिजालले लाइफ टाइम अचिभमेन्ट अवार्ड पाएका छन्। सिजन मिडियाले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा डा. रिजाललाई उक्त अवार्ड दिएको हो ।
संविधान दिवसको अवसरमा आयोजित एक कार्यक्रमबीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले डा. रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्डसहित विभिन्न विधाका ३१ जनालाई अवार्ड तथा सम्मान वितरण गरेका हुन् ।

‘सामाजिक, साँस्कृतिक, शैक्षिक र व्यावसायिक क्षेत्रमा दशकौंदेखि काम गरी सफल भएका व्यक्तित्वहरुलाई हौसला जगाउन अवार्ड कार्यक्रम आयोजना गरिदै आएको छ ।नेसनल प्रोफेसन अचिभमेन्ट अवार्ड स्पेसल बैंकिङ अनर अवार्ड सिभिल मर्चेन्टका पूर्वसीईओ तथा राष्ट्रिय वाणिज्य सहकारी संस्थाका अध्यक्ष जयन्द्रलाल श्रेष्ठलाई प्रदान गरिएको छ ।
मस्ट इन्स्पाइरिङ एन्ड इन्फुलियन्स वुमन अवार्डबाट महिला उद्यमी भवानी राणा सम्मानित भइन् । नेपाली चलचित्र क्षेत्रका अभिनेता, निर्देशक, निर्माता आकाश अधिकारी मल्टी डिस्पलनरी इन सिनेमा इन्डष्ट्री अवार्डबाट सम्मानित भए ।