पोखरा । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले आजदेखि दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

फाइनान्सले लुम्बिनी प्रदेशको नेपालगञ्जको वडा नं। १ धम्बोजी, सुर्खेत रोडमा २३ औं र कोहलपुरको वडा नं। ११ कोहलपुर चोकमा २४ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तारको लागी विभिन्न जिल्लाहरुमा शाखा खोलिने उद्देश्य अनुरुप नेपालगञ्ज र कोहलपुरमा नयाँ शाखाहरु खोलिएको जनाएको छ ।

यस शाखाहरु मार्फत संस्थाले निक्षेप संकलन, कर्जा लगानी, डिम्याट, मोवाइल बैकिङ, सिआस्वा, आइपिएस, चेक क्लियरिङ रेमिटेन्स लगायत अन्य आधुनिक बैकिङ सेवाहरु प्रवाह गरिने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय