खानेकुरा जस्तै काँचो भटमास, सुपारी, बिऊ, अन्न, दुग्ध जन्य पदार्थ, फलफुल तथा तरकारीमा कार्बोहाइड्रटस्को मात्रा बढि मात्रामा पाउँछ ।

चिनीमा पाईने पदार्थको संयुक्त संयोजक हो कार्बोहाइड्रेट । यसको थोरै सेवनले शरीरको वजन घटाउन सहयोग मिल्ने छ भनिन्छ ।

त्यसो त काब्रोहाइड्रेटस्मा पनि विभिन्न प्रकारका स–सना पोषण तत्व पाइने गरेको हुन्छ ।

काब्रोहाइड्रेटका प्रकार
शर्करा, स्टार्च र आहार फाइबर गरि कार्बोहाइड्रेट तिन प्रकारको हुने गर्छ ।
चिनीको मात्राको प्रयोग वा ग्लुकोज र त्यसको प्रकारता बुझिकन कार्बोहाइड्रेटको संख्या गणना हुने वैज्ञानिकहरुको विश्लेषण छ ।

साधारण कार्बस्
चिनीको १० अणु शरिरको लागि आवश्यक हुने तर्क गरिन्छ नियमित मात्रामा फलफूल, तरकारी र खाद्य पदार्थको प्रयोग लाभकारी हुन आँउछ ।

कार्बोहाइड्रटको धेरै सेवन भएमा अनावश्यक मात्रामा वजन वृद्वि, मोटोपन, अपच तथा मधुमेह जस्ता रोगबाट संक्रमण हुने तर्क गरिन्छ ।

“कार्बोटोक्सिटी” भन्ने नयाँ संलेषण खोजिकर्ताहरुले अध्ययनबाट तयार पारेका छन् । उनीहरुले भनेका छन् अनुचित मात्रामा कार्बोहाइड्रेटको प्रयोगले शरिरमा दिर्घ रोग निम्त्याउँछ ।

चिनीको मात्रा घटाउन र दौडमा भाग लिने खेलाडीहरुलाई कार्बोहाइड्रटको निश्चित सन्तुलन हुनुपर्ने तर्क गरिन्छ ।

अस्वस्थ कार्बस
– पालिस लाइएको चामल तथा पीठो
– चिनी घुलिएको पेय पदार्थ जस्तै सोडा वा जुस
– प्रसोधनयुक्त खानेकुरा जस्तै कुकिज तथा पेस्ट्रि

यस प्रकारका खानेकुरा आवश्यकता भन्दा बढि नियमित लिने गर्नाले शरिरमा सुजन हुने हार्मोनमा असन्तुलन हुने गर्छ ।

स्वस्थ्य कार्ब
– केरा, स्याउ, बीऊजन्य खाद्यपदार्थ
– माड नभएका खानेकुरा पालुङ्गो, गाँजर तथा गोलभेडा
– अन्न, अन्नबाट बनेका पीठो, खैरो चामल, जुनेला े
– गेडागुडी, कालो दाल, मटर, भटमास, केराउ
– दुध जन्य खाद्य पदार्थ, चिल्लो, दहि, चिज, मोही, घिउ

फलफूलमा भएको डायटका फाइबरहरुले शरिरको वजन मापन गर्दछ र स्वास्थ्य अनुकुल राख्दछ भने एण्ड्रोजन र इन्सुलिनका मात्रा बढाउन तथा घटाउन सहयोग पु¥याउँछ ।

कार्बोहाइड्रट शरिरलाई चाहिने आवश्यक डायट हुन् । मधुमेह तथा हृदय सम्बन्धि विभिन्न रोग नियन्त्रण राख्न कम खानेकुरा खान आवश्यक रहेको जानकार बताउँछन् । अवुर्द रोग, दीर्घ रोगीहरुका लागि पनि खानाको सन्तुलन राख्न अति आवश्यक रहेको बताइन्छ ।
समीर न्यौपाने एजेन्सीको सहयोगवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय