काठमाडौ । कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्रमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

वुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित समारोहमा खड्कालाई शपथ ग्रहण गराएकी हुन् ।

खड्काले आजै जिम्मेवारी सम्हालेका छन् । उता नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो अमेरिका भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्राथमिकतामा नरहने बताएका छन् ।

बुधबार मात्र परराष्ट्रमन्त्री नियुक्त भएका खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन साँझ न्यूयोर्क जाँदैछन् । उनले राष्ट्रसंघ महासभामा भाग लिनुका साथै साइडलाइन मिटिङका क्रममा सार्क देशका परराष्ट्रमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय