
काठमाडौ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको बताएका छन् ।
बिहीबार ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ को कार्यक्रममा बोल्दै प्रधानसेनापति शर्माले नेपाली सेना सरकारका विधिसम्मत आदेशहरु अक्षरसः पालना गर्न कटिबद्ध रहेको बताएका हुन् । उनले प्राप्त जिम्मेवारी पूर्णरुपमा सम्पन्न नभएसम्म नेपाली सेना कर्तव्यपथमा अडिग रहनेछ भन्ने विश्वास व्यक्त गरे ।

देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसंग सरोकार राख्ने सबै प्रकारका गतिविधिहरुका सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गर्दै रहेको र त्यसबाट सिर्जना हुन सक्ने सुरक्षा चुनौतीहरुलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको समेत जानकारी गराए ।