काठमाडौ । व्यवसायी तथा साहित्यकार वसन्त चौधरीको मुटमा समस्या देखिएपछि उनको दुबईस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

नर्भिक अस्पतालका अध्यक्षसमेत रहेका चौधरीको मुटुमा समस्या देखिएपछि दुबई जानुअघि नर्भिकमै उनको एन्जियोग्राफीसमेत गरिएको थियो । एन्जियोग्राफीका क्रममा मुटमा समस्या देखिएपछि उनी थप उपचारका लागि परिवारसहित दुबई पुगेका हुन् । नर्भिक अस्पताल स्रोतले चौधरीको मुटुमा सामान्य समस्या देखिएको र दुबईको एक अस्पतालमा उनको उपचार भइरहेको जानकारी दियो ।

‘नर्भिकमा उपचारका क्रममा सामान्य समस्या देखिएपछि उहाँ थप उपचारका लागि दुबई जानुभएको हो,’ नर्भिक स्रोतले वताएको छ । नर्भिक अस्पतालले औपचारिक रुपमा उहाँको अवस्था गम्भीर नभएको उल्लेख गर्दै विज्ञप्ति पनि जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय