
काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले इन्द्रजात्राको अन्तिम दिन काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको कुमारीघरमा पुगी जीवित कुमारीको पूजाअर्चना गर्नुभएको छ ।
उहाँ शुक्रबार अबेर कुमारीको पूजा गर्न कुमारीघर पुग्नुभएको थियो । पूर्वराजाका तर्फबाट तयार गरेको प्रसाद इन्द्रजात्राको पूजामा पु¥याइएको थियो ।

राति अबेर पूर्वराजा वसन्तपुर दरबार क्षेत्र पुग्दा हजारौ मानिसहरुले उहाँको स्वागत गरेका थिए । शुक्रबार इन्द्रजात्राको समापन भएको छ ।
राति १०ः३६ बजेको साइतमा इन्द्रध्वजा ढालेर इन्द्रजात्रा समापन गरिएको हो । काठमाडौँको हनुमान ढोकामा इन्द्रध्वजा ठड्याएर सुरु गरिएको इन्द्रजात्रा इन्द्रध्वजा ढालेर समापन गर्न लागिएको हो । इन्द्रध्वजालाई टेकुमा सेलाउने परम्परा रहेको छ ।