काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावसहित तीनवटै प्रतिवेदन पारित भएका छन् ।

शुक्रबार शुरु भएको बैठकमा समूहगत छलफलपछि आज सबै प्रतिवेदनहरु पारित गरिएको हो । स्थायी कमिटीबाट पारित भएर आएका अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पारित भएको पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

बैठकले विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि सहभागी गराउने निर्णय गरेको छ । असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुने विधान महाधिवेशनका प्रतिनिधि केन्द्रीय कमिटीले टुंगो लगाएको हो ।

त्यसअघि प्रतिवेदनमाथि समूहगत छलफलमा क्रममा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले आफूले गरेको संसद विघटन ठिक रहेको दाबी गर्नुभएको थियो ।

बैठकमा उपमहासचिव घनश्याम भुसालले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा फरक प्रस्ताव राख्नु भएको छ । उहाँले विगतको समीक्षा, नयाँ कार्यदिशाका निम्ति ठोस प्रस्ताव र जनताको बहुदलीय जनवाद (जबज)को सैद्धान्तिक व्याख्या गरिनुपर्ने प्रस्ताव गर्नुभएको छ ।

च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार शुरु भएको बैठक आज सकिएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय