
काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव असोज ११ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैंठकले गत आवको नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद(कर प्रयोजनसहित) गरी ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउने व्यवस्था रहेको छ ।
उक्त प्रस्तावित लाभांश अघिल्लो दुई आर्थिक वर्षयताकै कम हो । बैंकले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत र आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७४÷७५ मा भने बैंकले ८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।