काठमाडौ । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । देउवाले सरकारलाई पूर्णत दिनेबारे गृहकार्य थालेका हुन् ।

प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरूसँग यसअघि पनि पटक–पटक यसबारे छलफल गरिसकेका छन् । दलहरूबीच भएको सहमति अनुसार सत्तारुढ दल नेपाली कांग्रेसले सात वटा मन्त्रालय पाउनेछ ।

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता सामजवादी पार्टीले ६–६ वटा मन्त्रालय लिने सहमति भएको नेताहरूले बताएका छन् । प्रधानमन्त्री देउवाले २५ सदस्यीय मन्त्रिपरिषद गठन गर्न पाउने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय