काठमाडौ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७÷७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको कुल राजस्व रकमको १.७३ प्रतिशत चौधरी ग्रुपले मात्रै तिरेको ग्रुपले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चौधरी ग्रुपका अनुसार उसले आर्थिक वर्ष २०७४÷७५ मा ९ अर्ब ६७ करोड ५७ लाख, २०७५÷७६ मा ११ अर्ब ६७ करोड ५९ लाख र २०७६÷७७ मा ९ अर्ब ८७ करोड २३ लाख रुपैयाँ बराबर कर तिरेको थियो । पछिल्लो चार आर्थिक वर्षमा मात्र ग्रुपले साढे ४५ अर्ब राजस्व बुझाएको जनाएको छ ।

चौधरी ग्रुपको खाद्य पदार्थदेखि जलविद्युत् र वित्तीय क्षेत्रमा समेत लगानी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय