काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पूर्णत असफल भएकाले अब ताजा जनादेशको विकल्प नभएको बताएका छन् । उनले ताजा जनादेशबाट आउने सरकारले मात्रै मुलुक र जनताको मुहारमा खुसी आउने बताए ।

नेकपा एमाले विधान महाधिवेशनको पूर्वसन्ध्यामा प्रचार उपसमितिले विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग मंगलबार आयोजना गरेको अन्तत्र्रिmयामा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकारले संविधान र कानुनको हुर्मत लिएको र जनताको चाहनामाथि कुठाराघात गरेकाले यो सरकार छिट्टै महासंकटमा पर्ने दाबी गरे ।

सरकारले अध्यादेश ल्याउनुअगावै त्यस सम्बन्धमा निर्वाचन आयोगले नियमावली ल्याउनु ठूलो षड्यन्त्र र जालझेल हो, अब यस्ता जालझेल र षड्यन्त्र लामो समयसम्म टिक्न सक्दैन्न’ अध्यक्ष ओलीले भने । संसद् चालू रहेको अवस्थामा अध्यादेश फिर्ता लिएको सूचना जारी गर्नु पनि संविधानविरोधी कार्य भएको ओलीले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय