
काठमाडौ । तेक्वान्दो खेलाडी दीपक विष्ट नेपाल ओलम्पियन्स संघको अध्यक्षमा निर्वाचित भएका छन् ।
ललितपुरमा वुधवार भएको निर्वाचनमा उनी विजयी भएका हुन् । विष्टले पूर्व उपाध्यक्ष समेत रहेका रविराज थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । संघको कार्यसमितिमा १५ जना नयाँ सदस्य पनि निर्वाचित भएका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आवद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भएको हो ।
महिला उपाध्यक्षमा संगीना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा निर्विरोध चयन भएका छन् ।
त्यस्तै, संगीना निर्वाचित भएकी हुन् भने अर्को एक उपाध्यक्षमा प्रविण तुलाधर निर्वाचित भएका हुन् ।
त्यस्तै, सदस्यमा राजकुमारी पाण्डे, विमला रानामगर, कान्छीमाया कोजू, प्रमिला रिजाल, मुकुन्दहरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, सफलराम श्रेष्ठ र रञ्जन श्रेष्ठ चयन भएका छन् ।
निर्वाचित भएपछि दीपक विष्टले ओलम्पियन र ओलम्पिक मुभमेण्टलाई गर्व हुने खालको काम गर्ने बताए ।