
काठमाडौं । पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाहको आज ४६ औं वर्षमा प्रवेश गर्नुभएको छ । उहाँको जन्म १ अक्टोबर १९७६मा भएको हो । हरेक वर्ष असोज १५ मा उहाँको जन्मदिन मनाइन्छ ।
उहाँ भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुनुहुन्छ । उहाँले २५ जनवरी २००० मा पुर्व युवराज पारस शाहसँग विवाह भएको थियो । उहाँहरुका एक छोरा हृदयेन्द्र शाह, र दुई छोरी पूर्णिका शाह र कृतिका शाह हुनुहुन्छ ।

हिमानीको ४६ औ शुभ जन्मोत्सवका अवसरमा राजधानी काठमाडौको तीन ठाउँ कमलादी गणेश, पशुपतिनाथ मन्दिर र जिवित कुमारी वसन्तपुरमा पूजापाठ गरिएको थियो । सो को प्रसाद निर्मल निवास पु¥याइएको थियो । पुजापाठको सौजन्य इन्दिरा अर्याल, केशरी श्रेष्ठ र उर्मिला वस्नेत भण्डारी रहेको वरिष्ठ समाजसेवी राध्येश्याम थापाले जानकारी दिनुभयो ।
हिमानी ट्रष्टकी अध्यक्षसमेत रहेकी पूर्व युवराज्ञी ट्रष्टमार्फत समाज सेवामा संलग्न हुनुहुन्छ । उहाँको जन्मोत्सवका अबसरमा सामाजिक संजालमा सुस्वास्थ्य र दिर्घायुको कामना गर्नेको बाक्लो सङ्ख्या छ ।