
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत चन्द्रागिरि नगरपालिकामा प्रकाशमान सिंहको प्यानल नै विजयी भएको छ । सभापतिमा घनश्याम गिरी निर्वाचित भएका छन् ।
उप–सभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्र विक्रम बानिया निर्वाचित भएका छन् । सचिवमा राजेन्द्र महर्जन, नवीन महर्जन विजयी हुँदा सह–सचिवमा जीवन गिरी र भुवन श्रेष्ठ निर्वाचित भएका छन् । कोषध्यक्षमा मञ्जय प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।
