
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेद्रविक्रम चन्द विप्लवले सरकारले ३ बुँदे सहमतिलाई कार्यान्वयन गर्न ढिलाइ गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
विप्लवले सरकारसँग गरेको ३ बुँदे सहमति कार्यान्वयनका लागि पटक पटक ध्यानाकर्षण गराए पनि कुनै प्रगती नभएको जनाएका छन् ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग गत फागुन २१ गते ३ बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका थिए । तर सहमतिको ७ महिना भइसक्दा पनि कार्यान्वयन हुन नसकेको विप्लवको भनाइ छ ।
प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डमार्फत विप्लवले देउवालाई ज्ञापनपत्र पठाउँदै तीन बुँदे सहमति कार्यन्वयन गर्न जोडदार माग गरेका छन् ।
माग पूरा नभए फरक स्थिति सिर्जना हुनसक्ने उनले चेतावनी समेत दिएका छन् ।