
सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु तत्काल सरकारमा नजाने प्रष्ट पारेका छन् ।
सोमबार सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमा सहभागी हुन कुनै अफर नआएको र आफूहरुले पनि माग नगरेको बताए । उनले आफूहरुले राखेका मुद्दाको सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने उनको कथन थियो ।

वरिष्ठ नेता राजेन्द्र महतोले आगामी चुनावमा जनता समाजवादी पार्टीसँग गठबन्धन नगरिने बताए । उनले जसपाले मधेशलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम गरेको भन्दै आगामी निर्वाचनमा गठबन्धन गर्न नसकिने बताए ।
आफूहरुले एकता चाहे पनि उपेन्द्र यादवलगायतले एकता नचाहेको उनको भनाई थियो । उनले एकताको नाममा निर्वाचन आयोगमा पुगेर यादवले पार्टी फूटाएकाले चुनावी तालमेल गर्न नसकीने उनको कथन थियो ।