काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा जातका कारण एक भोग्नु परेको प्रेमजोडीको दुःखलाई समेटिएको छ ।

ट्रेलरमा चलचित्रमा प्रमुख कलाकारहरु सलोन बस्नेत, रुबिना थापा, शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ललगायत फिचर्ड छन् । काठमाडौं र चित्लाङ आसपासमा छायांकन गरिएको चलचित्र यही असोज २६ गते रिलिज हुँदैछ ।

चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपानेलगायतको अभिनय रहेको छ । रामकाजी घिमिरेको लेखन रहेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय